'बैतडीको डिलाशैनी गाउँपालिकामा शैक्षिक सम्मेलनमा ४३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न'

June 2, 2024

बैतडी : शैक्षिक गुणस्तर सुधारका लागि बैतडीको डिलाशैनी गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय शैक्षिक सम्मेलन ४३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्नqq भएको हो। तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा शिक्षा क्षेत्र सुधारका विभिन्न विषयमा छलफल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले जानकारी दिए।

विज्ञापन

शैक्षिक सम्मेलनले पारित गरेको घोषणापत्रमा प्रत्येक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने, फोहरमैला व्यवस्थापन, नैतिक शिक्षा दिने, विद्यालय सुधार योजनाअनुसार अघि बढ्ने, हरित विद्यालयको अवधारणा, विद्यालयको दिवाखाजा कार्यक्रमका लागि विद्यालयमै उत्पादन, उत्कृष्ट खेलाडी उत्पादन गर्नेलगायतका कुरा उल्लेख छन्।

विज्ञापन

सम्मेलनको पहिलो दिन विद्यालयहरूले विद्यालय सुधार योजना प्रस्तुत गरेका थिए भने दोस्रो दिन विज्ञान तथा कला प्रदर्शनी र कार्यक्रमको अन्तिम दिन नृत्य प्रतियोगितासहित सम्मेलन सम्पन्न हो। सम्मेलनले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि सामूहिकरूपमा पहल गर्ने निष्कर्ष निकालेको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टको विश्वास छ।

विज्ञापन

गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले सम्मेलनले सामुदायिक विद्यालयलाई आफ्नो कार्ययोजनाअनुसार शैक्षिक कार्यक्रम अघि बढाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे। उनले भने, ‘सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि सम्मेलनको आयोजना गरिएको हो। यसले भोलिका दिनमा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार ल्याउने अपेक्षा छ।’

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा आयोजना गरिएको सम्मेलनमा पालिकाभरिका ५६ सामुदायिक विद्यालयको सहभागिता थियो । रासस

स्राेत : Godawari Times

ताजा खबर

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

यो पनि पढ्नुहोस

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन