'इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश'

March 31, 2026

सत्यपथ खबर संवाददाता

विज्ञापन

चैत्र/१७/२०८२,मङ्गलबार

विज्ञापन

सुर्खेतकि १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका चार किशोरलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएको छ।

विज्ञापन

सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकाल को एकल इजलासले जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रारम्भिक प्रमाण र घटनाको प्रकृति गम्भीर देखिएकाले अनुसन्धान प्रक्रिया पूरा नहुँदासम्म उनीहरूलाई बालसुधार गृहमै राखेर मुद्दाको कारबाही अगाडि बढाउन आदेश दिएको हो।

अदालतका सूचना अधिकारी उज्वल रावल का अनुसार घटनासँग सम्बन्धित प्रमाण, अनुसन्धानको अवस्था तथा अभियोगको गम्भीरता हेर्दा अभियुक्तहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउनु उपयुक्त देखिएको अदालतको ठहर छ। कानुनी प्रावधानअनुसार उनीहरूलाई कारागारमा नभई बालसुधार गृहमा राखिनेछ।

गत फागुन २३ गते बिहान विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ निवासी इनिशा सोही दिन घर नजिकैको जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्दै घटनास्थलबाटै उनका प्रेमी भनिएका १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो। सोधपुछका आधारमा थप तीन किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा प्रेमी भनिएका किशोरले इनिशासँग शारीरिक सम्पर्क भएको र त्यसपछि अत्यधिक रक्तश्राव भएपछि मृत्यु भएको बयान दिएका छन्। प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्षसहित चारै जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको छ।

घटनाको न्यायिक प्रक्रिया सुरु भइसके पनि पीडित परिवार भने अझै आन्दोलनरत छन्। दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै परिवारले शव नउठाउने अडान लिएका छन्। यसका कारण इनिशाको शव विगत २५ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।

ताजा खबर

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

यो पनि पढ्नुहोस

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन