सत्यपथ खबर संवाददाता
चैत्र/०६/२०८२

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ स्थित श्री जनता डोमी चौधरी मा.वि. (प्राविधिक) पोखरभिण्डा पर्सामा परीक्षाकै दिन विद्यार्थीसँग जबर्जस्ती रु ५०० असुलिएको खुलासा भएको छ।
विद्युत् महसुल तिर्ने नाममा गरिएको यो असुलीले विद्यालय प्रशासनको मनपरी चरम सीमामा पुगेको देखिएको छ। अभिभावकको विरोधका बाबजुद शुल्क उठाउने कार्य नरोकिनु झन् गम्भीर विषय बनेको छ।
स्थानीय पवन साहले प्रश्न उठाउँदा विद्यालयले चित्त बुझ्दो जवाफ दिन सकेन। उनले गाउँपालिका अध्यक्ष चतुरा नन्द ठाकुरलाई गुनासो गर्दा समेत तत्काल ठोस कदम नचालिएको आरोप छ।
शिक्षा शाखा प्रमुख रामवालक पासवानले शुल्क नउठाउन स्पष्ट निर्देशन दिए पनि प्रधानाध्यापक तारनी प्रसाद चौधरीले त्यसलाई बेवास्ता गर्दै असुली जारी राखेको आरोप लागेको छ।
अझै चकित पार्ने कुरा—सञ्चारकर्मीले सत्य प्रश्न सोध्दा प्रधानाध्यापक आक्रोशित बनेर नेपालीमै सोधिएको प्रश्नको जवाफ दिन नसकी अंग्रेजीमा बरबराउन थाले, जसले उनको जवाफदेहिता झन् कमजोर बनाएको देखिन्
विद्यालय जस्तो संवेदनशील क्षेत्रमा यस्तो किसिमको क्रियाकलापले जनस्तरमा प्रश्न उब्जिएको छ।
विद्यार्थीमाथि लुट किन? निर्देशनको अवज्ञा किन? र जिम्मेवार को?
स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्