सत्यपथ खबर संवाददाता
विज्ञापन
चै/०२/२०८२
विज्ञापन

विज्ञापन
लहान— सिराहाको बरियारपट्टि गाउँपालिका–१ मा समाजवादी विद्यार्थी युनियन नेपालका जिल्ला अध्यक्ष उमेश कुमार साहले आफ्ना छोरा श्रीयान्सको जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

साहले श्री राम जानकी आधारभूत विद्यालय, नरगीमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई कापी र कलम वितरण गरेका हुन्।जन्मदिनलाई सामाजिक कार्यसँग जोड्ने उद्देश्यले विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको शाहले बताए। कार्यक्रमका क्रममा विद्यालयका शिक्षक तथा स्थानीयको समेत उपस्थिति रहेको थियो।

स्थानीयले शाहको यस कार्यलाई प्रशंसनीय भन्दै यस्ता सामाजिक गतिविधिले विद्यार्थीहरूलाई पढाइप्रति थप प्रेरणा मिल्ने बताएका छन्।