'बंगलादेशमा आइपिएलको प्रसारणमा रोक'

January 5, 2026

बंगलादेश सरकारको सूचना तथा प्रसारण मन्त्रालयले देशमा इन्डियन प्रिमियर लिगको प्रसारणमा रोक लगाउने निर्णय गरेको छ। मन्त्रालयले अर्को आदेश नभइन्जेलसम्मका लागि आइपिएल प्रसारण निलम्बन गरेको हो।

विज्ञापन

बिबीसी बंगलादेशका अनुसार यो फैसला क्रिकेटर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सले टिमबाट बाहिर निकालेपछि लिएको हो। बिसीसीआइको आदेशमा कोलकाताले बंगलादेशका क्रिकेट रहमानलाई टिमबाट बाहिर राख्ने निर्णय गरेको थियो।

विज्ञापन

यसअघि युवा तथा खेल मामिलाका सल्लाहकार आसिफ नजरुलले मुस्ताफिजुर रहमानलाई टोलीमा समावेश नगरिएकोप्रति आपत्ति जनाएका थिए। साथै उनले आगामी आइपिएल खेलहरूको सबै प्रसारण रोक्न आवश्यक कदम चाल्न सूचना तथा प्रसारण सल्लाहकारसँग अनुरोध गरेका थिए। उनको आग्रहलाई मन्त्रालयले स्वीकार गरेको हो।

विज्ञापन

पछिल्लो समय बंगलादेश र भारतबीचको बिग्रिँदो सम्बन्धको असर खेलक्षेत्रमा परेको हो। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले बंगलादेशी खेलाडीलाई आइपिएलमा नखेलाउन आदेश दिएको थियो। जवाफमा बंगलादेशमा फेब्रुअरीमा हुने टी-२० विश्वकपअन्तर्गत आफ्ना खेल भारतमा नगराउनका लागि आइसिसीसँग मागसमेत गरेको छ। जसको निर्णय केही दिनमै हुनेछ। धेरैले बंगलादेशका खेल पनि श्रीलंकामा आयोजना हुनसक्ने अनुमान गरेका छन्।

नेपालको समूहमा रहेको बंगलादेशले यदि भारतमा नखेलेमा नेपालको समेत कम्तिमा एउटा खेल भारतबाहिर हुन सक्ने सम्भावना रहेको छ।

ताजा खबर

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

यो पनि पढ्नुहोस

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन