'‘धुरन्धर’ पछि रणवीर सिंह जम्बी संसारमा, ‘प्रलय’ लाई लिएर चर्चा'

January 7, 2026

काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह अहिले फिल्म ‘धुरन्धर’ को ऐतिहासिक सफलतासँगै चर्चामा छन्।

विज्ञापन

भारतमा ८ सय करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै यो फिल्मले बलिउड इतिहासमै सबैभन्दा धेरै आम्दानी गर्ने फिल्मको कीर्तिमान बनाएको छ। यस सफलतापछि रणवीरको करिअरको अर्को कदम के हुने भन्ने विषयले मनोरञ्जन क्षेत्र तताएको छ।

विज्ञापन

यसैबीच ‘धुरन्धर पार्ट–२’ सन् २०२६ मार्च १९ मा रिलिज हुने घोषणा भएसँगै रणवीरका आगामी परियोजनाबारे चासो झन् बढेको छ। आधिकारिक घोषणा भइनसकेको भए पनि भारतीय मिडिया एनडीटीभीका अनुसार रणवीरले ‘प्रलय’ नामक नयाँ फिल्म साइन गरिसकेका छन्।

विज्ञापन

एनडीटीभीका अनुसार ‘प्रलय’ बलिउडको पहिलो जम्बी एपोकालिप्स कथामा आधारित फिल्म हुनेछ। जम्बी महामारीपछि ध्वस्त भएको संसारमा आधारित यो फिल्मको कथा विनाशपछि अराजकतामा फसेको भविष्यको मुम्बई वरिपरि घुम्ने बताइएको छ। मानव अस्तित्व र बाँच्ने संघर्ष फिल्मको मुख्य विषय रहनेछ।

ताजा खबर

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

यो पनि पढ्नुहोस

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन