काठमाडौं । शाहरुख खान अभिनीत ‘जवान’को सफलतापछि निर्देशक एट्लीले अर्को ठूलो प्रोजेक्टको तयारी थालेका छन्। दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनसँग सहकार्य गर्दै एट्लीले ठूलो बजेटको सुपरहिरो फिल्म निर्माण गर्न लागेका हुन्, जसलाई हाल अस्थायी रूपमा ‘AA22xA6’ नाम दिइएको छ।
विज्ञापन
‘AA22xA6’ मा बलिउड अभिनेता टाइगर श्राफ पनि फिल्ममा जोडिएका छन्। उनी कथाको महत्वपूर्ण भागमा देखिनेछन् र शक्तिशाली फ्ल्यासब्याक दृश्यमार्फत कथालाई अघि बढाउने भूमिकामा रहनेछन्। भारतीय मिडिया एनटीभी तेलुगु र अलवेज बलिउडले पनि टाइगरको सहभागिता पुष्टि गरेका छन्।
विज्ञापन