'हुवावेलाई जबरजस्ती ठेक्काको तयारी'

January 7, 2026

काठमाडौं । नेपाल दूरसञ्चार संस्थान(टेलिकम)को बिलिङको ठेक्का घुमाइफिराई हुवाईको पोल्टामा पारिने भएको छ । हुवावेलाई ठेक्का दिनका लागि सुरुदेखि नै टेण्डरमै सेटिङ गरिदै आएकोमा अहिले अर्को टेण्डर गर्ने समय गुजार्दै लगेपछि उसकै पोल्टामा जाने निश्चित भएको हो । एसिया इन्फोले गर्दै आएको विलिङ प्रणालीमा पटक पटक अवरोध खडा गरेर नेपाल टेलिकमलाई नै धरासायी पार्नेगरी बिलिङ ठेक्का अगाडि बढाइएको कुरा दृष्टिले सुरुदेखि उठाउँदै आएको थियो ।

विज्ञापन

फोरजी सेवा बिस्तारको ठेक्कामा अस्वभाविक लागत बढाएर अनियमितता भएको विषयमा डिल्ली अधिकारी टेलिकमको एमडी हुँदा खरिद गरिएको ६५ करोडको स्मल सेल ६ वर्षसम्म पनि जडान हुन सकेको छैन ।

विज्ञापन

अधिकारीविरुद्ध स्मल सेल र नमस्ते पे प्रोजेक्टमा टेलिकमलाई ९५ करोड नोक्सान पारेको उजुरीमा अख्तियारले बिस्तृत छानबिन गरिरहेको बेला विलिङ प्रणालीमा उनकै कारण झेल भएको बताइन्छ ।

विज्ञापन

नेपाल टेलिकमको भविष्यसँग गाँसिएको बिलिङको टेण्डरमा हुवावे (हनी इन्टर प्राइजेज)लाई मात्र प्राबिधिक मूल्यांकनमा पास गरिएपछि बोलपत्रमा सहभागी भएको अर्को कम्पनी ह्वेल क्लाउडका प्रतिनिधि लोकेन्द्र कार्कीले उनीनिकट कानुन ब्यवसायी बिक्रम थापामार्फत् उच्च अदालत पाटनमा २०८२ भदौ ३० गते टेण्डर प्रक्रिया रोक्न परमादेश माग गर्दै सार्वजनिक सरोकार(पीआईएल)को रिट दायर गर्न लगाएका थिए । टेण्डरको प्राविधिक मूल्यांकनमा ह्वेल क्लाउडलाई अयोग्य (डिसक्वालिफाई) गरिएपछि उनी रिट दर्ता गर्न पुगेका थिए ।

ताजा खबर

एमालेमा नेतृत्व परिवर्तनको माग, युवा सक्रियता बढ्दो

वर्षौं देखी साँघुरो सडक फराकिलो, स्थानीयमा खुशीयाली

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यो पनि पढ्नुहोस

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण