'नेप्सेसँगै बढ्यो कारोबार रकम'

January 7, 2026

नेप्से परिसूचक ९.९३ अङ्क बढेर २६४९.३० विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.३१ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अङ्क बढेको छ ।

विज्ञापन

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६ अर्ब ४७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३३४ स्टकको ८८ हजार ३६२ पटकको कारोबारमा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँबराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

विज्ञापन

मङ्गलवार जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ । त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने हिमालयन ८०-२० को इकाईमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । कारोबारमा आएको रु रु जलविद्युत परियोजनाको सेयरमूल्य सर्वाधिक ८.४१ प्रतिशत घटेको छ ।

विज्ञापन

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ८८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै,बुटवल पावर कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीका सेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशत बढेको हो । कारोबार रकमका आधारमा होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य घटेको हो ।

ताजा खबर

एमालेमा नेतृत्व परिवर्तनको माग, युवा सक्रियता बढ्दो

वर्षौं देखी साँघुरो सडक फराकिलो, स्थानीयमा खुशीयाली

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यो पनि पढ्नुहोस

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण