काठमाडौं । बुधबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
विज्ञापन
महासंघले सुनको मूल्य आज प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
विज्ञापन
त्यस्तै चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकेको छ ।
विज्ञापन
अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।