नेपाल दक्षिण एसियाका दुई विशाल अर्थतन्त्रहरू चीन र भारतको बीचमा अवस्थित भूपरिवेष्ठित देश हो । नेपाल मुख्यतया कृषि प्रधान देश हो । कृषि देशको एक महत्वपूर्ण आर्थिक गतिविधि हो र नेपालीको प्राथमिक जिबिकोपार्जनको मुख्य श्रोत नै कृषि हो ।
कृषिले करिब ६२ प्रतिशत जनसंख्याको लागि रोजगारीका अवसरहरू सिर्जना गर्दछ अर्थात् ६२ प्रतिशत जनसंख्या अझै पनि कृषिमा संलग्न छन् यद्यपि राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा यसको योगदान करिब २३ प्रतिशत छ । औसत कृषि आकार केवल ०.५५ हेक्टर छ र लगभग दुई तिहाइ किसानहरूसँग कुल खेतीयोग्य जमिनको केवल २५ प्रतिशत स्वामित्व रहेको तथ्यांक रहेको छ । कृषि क्षेत्रका बहुसंख्यक जनसंख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छन र यसमा प्रायः गरिब साना किसानहरू रहेका छन । नेपाली किसानहरू पुस्तौंदेखि साना स्तरका कृषि गतिविधिहरू, कृषि र पशुपालनमा संलग्न छन् । नेपालको कृषि मिश्रित खेति प्रणालीको पाइन्छ ।
कृषिको ब्यबसायिकरण जग्गाको आकार, प्रयाप्त भौतिक संरचनाहरु, आधुनिक कृषि उत्पादनका प्रविधिहरु, शिक्षाको स्तर, ऋणमा पहुँच र बजार निकटता जस्ता तत्वहरुमा निर्भर रहन्छ । ठूलो जमिन र ब्यबसायिक दक्षता भएका किसानहरूले व्यावसायिक खेती अभ्यासहरू अपनाउने सम्भावना बढी रहन्छ जबकि सीमित स्रोतसाधन भएका गरिब घरपरिवारहरू लाइ कठिन पर्दछ । पूर्वाधारको खाडल, ऋण पहुँच, र बजार मूल्य जस्ता प्रणालीगत अवरोधहरूलाई सम्बोधन गर्न सकियो भने व्यावसायीकरणले आय र खाद्य सुरक्षा बढाएर कृषकको जीविकोपार्जनमा उल्लेखनीय सुधार गर्न सक्छ । पछिल्ला बर्षहरुमा सरकारी स्तरबाट कृषिलाई व्यावसायिकरण गर्नेतर्फ धेरै प्रयासहरु भइरहेका छन् । जस्तो, एकीकृत कृषि नीति, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता, किसान सूचीकरण तथा बर्गिकरण, कृषि अनुदान, कृषि बीमा, एक गाउँ एक उत्पादन, उत्पादन क्षेत्र, ब्लक, जोन, सुपरजोन आदी सरकारी स्तरका साथै विभिन्न आइएनजिओ र हजारौं एनजिओले कृषिमा अर्बौ लगानी गरेका छन ।
नेपालको अर्थतन्त्रमा कृषि क्षेत्र मेरुदण्डका रूपमा रहेको छ । कुल जनसंख्याको ठूलो हिस्सा कृषिमा निर्भर रहेतापनि नेपालको कृषि उत्पादन लामो समयदेखि परनिर्भर, परम्परागत र निर्वाहमुखी स्तरको छ, जसले गर्दा आय वृद्धि, निर्यात विस्तार तथा मुलुकको समग्र आर्थिक विकासमा बाधा पु¥याइरहेको छ । पछिल्ला वर्षहरूमा व्यावसायिक कृषि प्रवद्र्धन गर्न विभिन्न प्रयास भए पनि कृषि व्यवसायीकरणले अपेक्षित प्रगती गर्न सकेको छैन । नेपालमा कृषि व्यावसायीकरणलाई टेवा पु¥याउन विभिन्न संरचनागत, प्राविधिक, आर्थिक तथा सामाजिक चुनौतीहरूले ठूलो अवरोध खडा गरेका छन् ।