'सिरहाको मिर्चैयामा “साहित्यबाट संवेदनशील समाज निर्माण” विषयक सिर्जना संवाद सम्पन्न'

March 14, 2026

सत्यपथ खबर संवाददाता

विज्ञापन

फाल्गुन/३०/२०८२,

विज्ञापन

विज्ञापन

लाहान।  “साहित्यबाट संवेदनशील समाज निर्माण” भन्ने मूल नाराका साथ सिरहाको मिर्चैया–६ मा अवस्थित स्वस्तिक पाठशालाले सिर्जना संवाद कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक लक्ष्मण गिरिले गरेका थिए भने प्रमुख अतिथिका रूपमा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथि, अतिथिका रूपमा विभिन्न साहित्यकार, कवि, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

राष्ट्रियगानबाट सुरु गरिएको कार्यक्रममा साहित्यकार तथा कविहरूले सिर्जनात्मक र उपलब्धिमूलक प्रस्तुति दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई साहित्यप्रति अभिरुचि बढाउने तथा डिजिटल युगका पुस्तालाई साहित्यमार्फत समाज परिवर्तनतर्फ उन्मुख गराउने उद्देश्य रहेको विद्यालयका फाउन्डर लक्ष्मण गिरिले राखेका हुन।

कार्यक्रममा अन्तरक्रिया सत्र पनि समेटिएको थियो। सो क्रममा स्वस्तिक पाठशालामा अध्ययनरत छात्र–छात्राहरूले साहित्य तथा कवितासम्बन्धी विभिन्न जिज्ञासा साहित्यकारहरूसमक्ष राखेका थिए। विद्यार्थीहरूले उठाएका प्रश्नहरूको साहित्यकारहरूले सहज र बुझ्नेगरी चित्तबुझ्दो उत्तर दिएका थिए।

कार्यक्रमका दौरान एक सहभागी साहित्यकारले माटोको मूर्ति निर्माण गरी विद्यार्थीहरू माझ प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप प्रभावकारी र आकर्षक बनाएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागी सम्पूर्ण अतिथिहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। विद्यार्थीहरूलाई समय निकालेर प्रेरणा र प्रशिक्षण प्रदान गरेकोमा सम्पूर्ण अतिथिहरूप्रति धन्यवाद व्यक्त गर्दै तथा कार्यक्रम अवधिभर अनुशासनपूर्वक सहभागी भएका विद्यार्थीहरूप्रति कृतज्ञता ज्ञापन गर्दै सभापति लक्ष्मण गिरिले कार्यक्रम समापन गरेका थिए।

ताजा खबर

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

यो पनि पढ्नुहोस

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन