'गायक राजेश पायलले गरे ‘डिभोर्स’, दिए घर-घडेरी'

June 2, 2024

काठमाडौं । चर्चित गायक राजेशपायल राई बिहीबार बिहानैदेखि सञ्चार माध्यममा छाए । गएराति मादक पदार्थ सेवन गरी हल्ला गरेको भन्दै छिमेकीले प्रहरीलाई जानकारी गराएपछि उनी पक्राउ परेका हुन् । गायक राई राति २ बजे पक्राउ परे । मादक पदार्थले छाडेपछि प्रहरीले उनलाई आफन्तको निगरानीमा छाडिदिए । प्रहरीले पक्राउ गरेको समाचार सेलाउन नपाउँदै उनी पुनः सञ्चार माध्यममा छाए । यसको प्रमुख कारण थियो– श्रीमान श्रीमतीबीच भएको ‘डिभोर्स’ ।

विज्ञापन

गायक राईले यही साता काठमाडौं जिल्ला अदालतमा श्रीमती साङबुङ राईसँग औपचारिक रुपमा डिर्भोस गरेका हुन् । स्रोतका अनुसार अदालतमा दुई पक्षबीच मिलापत्र गरी डिभोर्स भएको हो । अदालतमा गायक राई आफैले डिभोर्सको मुद्दा दायर गरेका थिए । उनीहरूबीच सहमतिमा डिर्भोस भएको हो । यस क्रममा गायक राईले श्रीमतीलाई झण्डै पाँच करोड रुपैयाँ पर्ने तीन तले घर दिने भएका छन् । नक्सालमा रहेको उक्त घरसहित राईले श्रीमती साङबुङलाई थप नगद दिने सहमति गरेका छन् । साथै, थप एक करोड रूपैयाँ र काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि लिने दिने लिखित सहमति भएको बुझिएको छ ।

विज्ञापन

उनीहरूको दुई वर्षीय छोरा छन् । छोराको सबै पालन पोषणसहित शिक्षाको जिम्मेवारी गायक राईले लिने भएका छन् । उनीहरुले छोरा जन्मिएपछि विं.सं. २०७८ असोजमा बिहे दर्ता गरेका थिए ।गायक राईकी श्रीमतीले आफ्नो सामाजिक सञ्जालमा डिर्भोसको विषयलाई पुष्टि गर्ने गरी आफ्नो अभिव्यक्ति दिँदै आएकी छन् । उनले यस क्रममा केही दिनअघि ‘तिम्रो खुशी नै मेरो खुशी, चाहे तिमीलाई पाउ या गुमाउ’ भन्दै लेखेकी छन् । यस्तै, उनले आफ्नो मायामा कुनै खोट नभएको दाबी गरेकी छन्

विज्ञापन

स्राेत : Manakamana Update

ताजा खबर

एमालेमा नेतृत्व परिवर्तनको माग, युवा सक्रियता बढ्दो

वर्षौं देखी साँघुरो सडक फराकिलो, स्थानीयमा खुशीयाली

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यो पनि पढ्नुहोस

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण