'चुनाव एकै चरणमा होस्, हामी तयार छौँ : ओली'

January 10, 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचन एकै चरणमा हुनुपर्नेमा जोड दिएका छन् । शनिवार ललितपुरको एकान्तकुनामा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन २१ गतेको निर्वाचनलाई विभिन्न चरणमा विभाजन गर्ने वा फागुन २१ मा सुरु गरेर अन्य चरणमा सार्ने जस्ता ‘खेलहरू’ स्वीकार्य नहुने बताए ।

विज्ञापन

उनले भने, ‘चुनाव विभिन्न चरणमा गर्ने, फागुन २१ मा सुरु गरेर अनि भन्ने अनेक प्रकारका खेलहरू स्वीकार्य छैन । एकै चरणमा निर्वाचन हुनुपर्छ । जे गर्ने हो, न्यूनतम राजनीतिक सहमतिको साथ निर्णय गर्नुपर्छ । अराजकता वा स्वेच्छाधारी ढङ्गले निर्णयहरू हुनसक्छन्, यसमा हामी चनाखो हुनुपर्छ ।’

विज्ञापन

ओलीले निर्वाचन जुनसुकै समयमा भए पनि आफ्नो पार्टी पूर्ण तयारी अवस्थामा रहेको र यो कुरा सरकारलाई पनि जानकारी गराइसकेको उल्लेख गरे । उनले दुई दिनअघि मात्रै अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग लामो संवाद गरेको बताए ।

विज्ञापन

सरकारलाई राजनीतिक सहमतिको आधारमा मात्रै निर्वाचनसम्बन्धी निर्णय लिन सुझाव दिँदै ओलीले भने, ‘पार्टी के कुरामा स्पष्ट छ भने ढिलोचाँडो मुलुक निर्वाचनमा त जानैपर्छ । त्यसको लागि पार्टी सधैँ तयार छ । यो केन्द्रीय कमिटी बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनको लागि पूर्ण तयारी अवस्थामा रहन र आवश्यक तयारी गर्न आह्वान गर्छ । सबै साथीहरूले ध्यान दिनुपर्छ । निर्वाचन हुन त हुन्छ, कतिबेला हुन्छ ? जतिबेला भए पनि हामी निर्वाचनमा सहभागी हुनै पर्छ । फागुन २१ मा नै हुन पनि सक्छ । एउटा कुरामा हामीले भनेका छौँ र फेरि भन्छौँ – एकै चरणमा, सहमतिमा निर्वाचन हुनुपर्छ ।’

ताजा खबर

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

यो पनि पढ्नुहोस

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन

सिरहाको मिर्चैयामा “साहित्यबाट संवेदनशील समाज निर्माण” विषयक सिर्जना संवाद सम्पन्न