काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता १२ दिनमै भाँडिएको छ। रास्वपासँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।
विज्ञापन
पुस १४ गते रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायबीच एकताका लागि सात बुँदे सहमित भएको थियो।
विज्ञापन
सहमतिका समयमा रास्वपामै समाहित भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसमेत रहेका थिए।
विज्ञापन