'महाधिवेशबाट नीति र नेता दुबै परिवर्तन गर्न सकिन्छ।: गगन थापा'

January 11, 2026

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र नीति दुबै बदल्नेसक्ने बताएका छन् । काठमान्डौको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले महाधिवेशनले चाहेमा नेता पनि छान्ने, नीति पनि बदल्ने, विधान पनि बदल्ने जिकिर गरे ।
उनले आफ्नो शरीरमा बीपी कोइरालाको विचार र गणेशमान सिंहको साहस रहेको बताए । महामन्त्री थापाले आफू ती नेताको सन्तान नभएपनि उनीहरुको आशिर्वाद रहेको बताए । ‘उहाँहरूको म छोरा होइन तर उहाँहरूको सम्मान र आशीर्वाद लिएर बसेको छु । हामी कसैको अपमान गर्दैनौँ, मलाई मञ्चमा धेरै बस्नु छैन तपाईहरुकै ठाउँमा आएर बस्नु छ ।’ उनले भने, ‘म कसैको पनि अपमान गर्दिनँ, सबैको सम्मान गर्छु ।’ उनले कांग्रेसको भविष्य र वर्तमानलाई समाधानको बाटोमा अगाडि लिएर जाने दृढता पनि व्यक्त गरे
महाधिवेशन प्रतिनिधि साथीहरूले जे निर्णय गर्नुहुन्छ, त्यो निर्णयलाई स्वीकारेर अगाडि जान आफू तयार भएको उनले बताउनु भयो।
उनले कहिलेकाहीँ युद्ध जित्नका लागि लडाई हार्नका लागि पनि तयार हुनुपर्ने   बताए।

विज्ञापन
ताजा खबर

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

यो पनि पढ्नुहोस

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन

सिरहाको मिर्चैयामा “साहित्यबाट संवेदनशील समाज निर्माण” विषयक सिर्जना संवाद सम्पन्न