'बन्दसत्र सुरु हुँदै, कांग्रेस विशेष महाधिवेशनमा'

January 12, 2026

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जारी विषेश महाधिवेशन अन्तर्गत पहिलो दिन उद्घाटन सत्र भएको थियो भने आज बन्द सत्र गर्ने कार्यतालिका तय गरिएको छ ।

विज्ञापन

महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र सुरु हुनेछ ।

विज्ञापन

आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ । त्यसपछि नौ ओटा समूह निर्माण गरेर चार ओटा विषयमाथि नीति मन्थन हुनेछ।

विज्ञापन

चार विषयमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए ।

नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे वृहत छलफल हुनेछ । यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने पोखरेलले बताए ।

नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकाले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ ।

यसैबीच महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरू आज बिहान मात्रै आइपुगेकाले उनीहरूले बिहान ८ बजेदेखि सुरु भएको दर्तामा सहभागी भएका हुन् ।

ताजा खबर

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

यो पनि पढ्नुहोस

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन

सिरहाको मिर्चैयामा “साहित्यबाट संवेदनशील समाज निर्माण” विषयक सिर्जना संवाद सम्पन्न