काठमाडौं। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान ८ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस कायम भएको हो ।
विज्ञापन
यसअघि आजै बिहान ५ः४५ बजेको सुरुवाती मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सयस देखिएको थियो । तर, अहिले भने सो तापक्रम झरेर ३ डिग्री कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो आइतबार भने काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस थियो ।
विज्ञापन
विज्ञापन