लोक आवाज संवाददाता
फाल्गुन/०३/२०८१

लाहन। सेना दिवस तथा महा शिवरात्रिको पावन अवसरमा मिति २०८२ साल फागुन ३ गते श्री नन्दा बक्स गण सुरक्षा सि.ओ.बि. सुखिपुरको आयोजनामा सुखिपुर नगरपालिका–८ स्थित हनुमान मन्दिर तथा आसपासका पोखरी क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।
उप–सेनानी दिलिप परियारको कमाण्डमा ब्या नं. ८६८८ अन्तर्गत ३५ जना नेपाली सेनाको टोली सहभागी भई धार्मिक स्थल तथा ताल–तलैयाको संरक्षण एवं वातावरणीय स्वच्छता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम अन्तर्गत मन्दिर परिसर, पोखरी वरिपरिको क्षेत्र तथा सार्वजनिक स्थलहरूमा फोहर संकलन, झारपात सफा गर्ने तथा वातावरणीय सचेतना अभिवृद्धि गर्ने कार्यहरू सम्पन्न गरिएका थिए।
स्थानीयवासीहरूले नेपाली सेनाको यस सराहनीय पहलप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन्।
नेपाली सेनाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता जनहितकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।