'धनुषा–१ निर्वाचन विवाद: सर्वोच्चद्वारा कारण देखाऊ आदेश, मतपरिणाम घोषणा नगर्न निर्देशन'

March 9, 2026

सत्यपथ खबर संवाददाता

विज्ञापन

फाल्गुन /२५/२०८२,

विज्ञापन

विज्ञापन

सर्वोच्च अदालत ले धनुषा–१ प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश नृपध्वज निरौला को एकल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह कमल ले दायर गरेको उत्प्रेषण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

अदालतले रिटसँग सम्बन्धित कागजात अध्ययन गर्नुका साथै निवेदकतर्फबाट अधिवक्ता दीपेन्द्र झा ले प्रस्तुत गरेको बहससमेत सुनेपछि आदेश जारी गरिएको जनाएको छ। आदेशअनुसार निवेदकको मागअनुसार आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार र कारणसहित विपक्षीहरूले महान्यायाधिवक्ताको कार्यालयमार्फत सात दिनभित्र लिखित जवाफ पेस गर्नुपर्नेछ।

अन्तरिम आदेशको मागबारे विचार गर्दै अदालतले निर्वाचन आयोग को फागुन २४ गतेको पत्रलाई दृष्टिगत गर्दै आदेश नहुँदासम्म उक्त निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित प्रणालीतर्फको मतपरिणाम घोषणा नगर्न सम्बन्धित निर्वाचन अधिकृतलाई जानकारी गराइसकेको जनाएको छ।

विषयको संवेदनशीलता र गम्भीरतालाई ध्यानमा राख्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा आयोगको धारणा समेत सुनेर निर्णय गर्नु उपयुक्त हुने अदालतले उल्लेख गरेको छ।

अदालतले यस विषयमा फागुन २९ गते प्राथमिकतामा छलफलका लागि पेसी तोकेको छ। साथै सो दिनको छलफलका लागि आयोगले फागुन १८ गते दिएको निवेदकको उम्मेदवारी खारेज गर्ने निर्णयसम्बन्धी फाइल पनि अदालतमा उपस्थित गराउन आदेश दिइएको छ।

ताजा खबर

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

यो पनि पढ्नुहोस

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन