'सिरहामा ‘ए वन इन्फोटेक्स’ फर्ममा बम विस्फोट, एक जना सामान्य घाइते'

March 11, 2026

सत्यपथ खबर संवाददाता

विज्ञापन

फाल्गुन/२७,

विज्ञापन

विज्ञापन

लहान।  सिरहा जिल्ला अदालतको पूर्वपट्टि तथा बार एसोसिएसन नेपाल, सिरहाको मुनि रहेको सटरमा सञ्चालित ‘ए वन इन्फोटेक्स’ नामक फर्ममा बुधबार बम विस्फोट भएको छ।

घटनामा एक जना सामान्य घाइते भएका छन्। करिब एक घण्टा अगाडि भएको उक्त विस्फोटका बेला फर्मका सञ्चालक मधुसूदनका छोरा सौरव यादव कार्यालयभित्र बसिरहेका थिए। विस्फोट हुँदा सिसाका मसिना टुक्रा लागेर उनको खुट्टामा सामान्य चोट लागेको बताइएको छ।

सोही फर्ममा कार्यरत कर्मचारी गुमस्ता यादवका अनुसार विस्फोट हुँदा कार्यालयभित्र अचानक ठूलो आवाज आएको थियो। त्यसक्रममा फुटेको सिसाका टुक्रा लागेर सौरव यादवको खुट्टामा सामान्य चोट पुगेको हो।

घटनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मी घटनास्थलमा पुगेर सुरक्षा निगरानी बढाएका छन्। विस्फोट कसरी भयो र कुन प्रकारको पदार्थ प्रयोग गरिएको थियो भन्नेबारे भने हालसम्म खुल्न सकेको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा खबर

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

यो पनि पढ्नुहोस

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन