सत्यपथ खबर संवाददाता
फाल्गुन/२८/२०८२

लाहान। जिल्ला निर्वाचन कार्यालय सिरहाले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन सूचना जारी गरेको छ।
कार्यालयका अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिबाट ३० दिनभित्र उम्मेदवारहरूले अनिवार्य रूपमा खर्च विवरण बुझाउनुपर्नेछ।
सिरहाका निर्वाचन क्षेत्रहरूमा परिणाम घोषणा भएको मिति:
• क्षेत्र नं. १ – २०८२ फागुन २४
• क्षेत्र नं. २ – २०८२ फागुन २३
• क्षेत्र नं. ३ – २०८२ फागुन २४
• क्षेत्र नं. ४ – २०८२ फागुन २३
बुझाउनुपर्ने कागजातहरू:
• निर्वाचन खर्चको विस्तृत विवरण
• खर्च सार्वजनिक गरेको निवेदन
• खर्च सार्वजनिक गरिएको स्थान देखिने स्क्रिनसट वा सम्बन्धित कागजात• उम्मेदवारको पत्रको छायाप्रति
यी कागजातहरू उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय सिरहाको प्रशासन शाखामा बुझाउन सकिने कार्यालयले जनाएको छ। तोकिएको समयभित्र खर्च विवरण नबुझाए कानुनअनुसार कारबाही हुन सक्ने चेतावनी समेत दिइएको छ।