'नेकपाद्वारा सुदूरपश्चिममा १४ बिघामा धान रोपाइँ'

July 18, 2024

साउन ०३ धनगढी । नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश समितीले १४ बिघा जमिनमा धान रोपाइ सम्पन्न गरेको छ । नेकपाको देशव्यापी उत्पादन अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा धान रोपाइँ सकिएको केन्द्रिय प्रतिनिधि समिति सदस्य निरक सीले जानकारी दिएका छन् ।

विज्ञापन

आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता र कृषिद्वारा आत्मनिर्भरता र उद्योगद्वारा समृद्धि हासिल गर्ने उदेश्य सहित नेपाल कम्युनिस्ट पार्टीले देशभर धान खेती, तरकारी खेती, फलफूल खेती ,पशु पालन , कुखुरा पालन तथा माछा पालन समेत गरिरहेको छ ।

विज्ञापन

नेकपाले सुदूरपश्चिम अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालीका वडा नम्बर ९ को रतिपुरमा ४ बिघा, लम्की चुहामा ३ बिघा,कैलाली जिल्ला पार्टीले ३ बिघा र कञ्चनपुरमा ४ बिघा गरि केन्द्रिय उत्पादन अन्तर्गत १४ बिघामा गरिएको धान खेती बाट ४ सय ५० क्विन्टल धान उत्पादन हुने अनुमान रहेको बताईएको   छ ।

विज्ञापन

त्यस्तै, नेकपा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला समिति, युवा संगठन नेपाल र जनवर्गीय संगठनहरुले समेत सुन्तला, कागती र उत्पादनका विभिन्न काम गरिरहेका छन् ।

उत्पादन कार्यमा नेकपा स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज भरत सी रणबीर ,केन्द्रिय सदस्यहरु भगतसिंह,समर,प्रकाश सी, गणेश सी र बिराट सी लगायतका नेताहरू प्रत्यक्ष काममा जुटिरहेका थिए भने रोपाइमा नेताकार्यकर्ता र स्थानीय जनसहभागिता समेत रहेको थियो ।

ताजा खबर

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

यो पनि पढ्नुहोस

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।

रग्बी सिराहाको विशेष साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन