'कांग्रेसमा नेतृत्व परिवर्तन निर्विकल्प बन्यो ।'

January 12, 2026

काठमाडौ । नेपाली कांग्रेस भित्र बढ्दो आन्तरिक असन्तुष्टि, संगठनात्मक जडता र लगातारका राजनीतिक असफलतापछि अब नेतृत्व परिवर्तन अपरिहार्य मात्र होइन, अपरिहार्यभन्दा पनि ढिलो भइसकेको निष्कर्ष विशेष महाधिवेशनमा स्पष्ट रूपमा देखिन थालेको छ।
पार्टीलाई दशकौँदेखि उही अनुहार र उही सोचले नियन्त्रणमा राखिँदा कांग्रेस जनताको भरोसा गुमाउँदै गएको, चुनावी प्रतिस्पर्धामा कमजोर बन्दै गएको र संगठन भित्रै निष्क्रियताको दलदलमा फसेको आरोप महाधिवेशन प्रतिनिधिहरूले खुलेर लगाएका छन्। वर्तमान नेतृत्वले आत्मसमिक्षा गर्न नसकेको र जिम्मेवारीबाट पन्छिँदै आएको भन्दै प्रतिनिधिहरू आक्रोशित देखिएका छन्।

विज्ञापन

विशेष महाधिवेशनका छलफलमा अब ‘नेतृत्व सुधार’ होइन, ‘नेतृत्व परिवर्तन’ नै एकमात्र विकल्प भएको स्वर बलियोसँग उठेको छ।

विज्ञापन

संगठन जोगाउन, विचारलाई पुनर्जीवित गर्न र कांग्रेसलाई पुनः जनताको भरोसाको पार्टी बनाउन नयाँ पुस्तालाई जिम्मेवारी सुम्पनु बाहेक अर्को बाटो नरहेको निष्कर्षमा बहुमत प्रतिनिधि पुगेका छन्।
वरिष्ठ नेताहरूको नाममा पार्टी कब्जा गरेर राख्ने प्रवृत्तिले कांग्रेसलाई स्थायी प्रतिपक्षको भूमिकामा धकेलेको टिप्पणी पनि महाधिवेशन हलभित्र खुलेर सुनिन थालेको छ। “समयअनुसार नेतृत्व परिवर्तन गर्न नसक्ने पार्टी इतिहासमै सीमित हुन्छ” भन्ने चेतावनीसमेत प्रतिनिधिहरूले दिएका छन्।
पार्टी स्रोतका अनुसार सहमतिका नाममा नेतृत्व जोगाउने पुरानै खेल दोहोरिए कांग्रेसभित्र गम्भीर विद्रोहको अवस्था सिर्जना हुन सक्ने संकेत देखिएको छ। सहमति नभए लोकतान्त्रिक प्रतिस्पर्धाबाटै नयाँ नेतृत्व चयन गर्ने दबाब तीव्र बन्दै गएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो विशेष महाधिवेशन कांग्रेसका लागि अन्तिम चेतावनी जस्तै हो। यहाँबाट पनि नेतृत्व परिवर्तन हुन नसके पार्टीको संगठनात्मक पतन रोक्न कठिन हुने विश्लेषण गरिएको छ।

विज्ञापन
ताजा खबर

वर्षौं देखी साँघुरो सडक फराकिलो, स्थानीयमा खुशीयाली

इनिशा हत्या प्रकरणः ४ किशोर बालसुधार गृहमा पठाउने अदालतको आदेश

ईद–उल–फित्र: रम्जानको समापनसँगै उल्लास र उमंग

झरीमै पनि जीविकाको संघर्ष: टाउकोमा घाँसको भारी बोकेर अघि बढ्दै मधेसकी महिला

स्थानीयबासीले तत्काल छानबिन, असुलिएको रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

एमाले सिराहा जिल्ला सचिवालय बैठक सम्पन्न, निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड।

यो पनि पढ्नुहोस

सिराहाको बरियारपट्टिमा विद्यार्थीलाई कापी–कलम वितरण

सिराहामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न।