बिबेक परियार
विज्ञापन
१५/माघ/२०८२
विज्ञापन

विज्ञापन
लहान।मंसिर २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनको ३५ दिन मात्र बाकि छ। यस बिच मधेसका सडक,गाउँ र टोलहरु भन्दा पनि बिहानीको समयमा चिया पसलहरुमा निर्वाचनको चिया चर्चाले चिया पसलहरुनै गुन्जमान हुने गरिएको देखिन्छ।
चिया पसलमा सहभागी विभिन्न राजनीति दलका शुभचिन्तक,समर्थकहरु एउटै बेन्चमा बसेर आ-आफ्नो दल र उम्मेदवारको पक्षमा चर्चा परिचर्चा गरीरहेको देखिन्छ। यसले लोकतन्त्र अझ मजबुत र अभ्यास समेत हुने गरिएको बुझ्न् सकिन्छ।
चिया पसलमै एक अर्का खाले चर्चा पनि सूनिन्छ।
चिया पसलमा कहिले देखा नपरेका व्यक्तिहरु अहिले अरुलाइ चिया खुवाउछन।आफुले कहिले एक कपको पैसा तिरेका छैनन तर यतिबेला जनताको मत केन्द्रित गर्न अर्काले खाएको चियाको दाम जबर्जस्ती पनि तिर्ने गरेको चर्चा सुन्दा रोचक नै लाग्छ।